संसद् अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन : मन्त्री बस्नेत
बुधबार, २० असार २०८०, १९ : २८
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताए । उनले प्रधानमन्त्रीको बोलेको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद् चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको सदिच्छाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिच्छालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताए ।