सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाफनाबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न अदालतको आदेश

बुधबार, २० असार २०८०, २१ : १७
बुधबार, २० असार २०८०

रामनाथपुरम । श्रीलङ्काको अदालतले २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । 

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो ।

तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टई माछा मार्ने बन्दरगाहबाट निस्केका ती मछुवालाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो । 

अनुसन्धानपछि उनीहरूलाई स्थानीय प्रहरी अदालतमा उपस्थित गराइएको थियो जहाँ न्यायाधीशले उनीहरूलाई जुलाई ५ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएका थिए ।

मछुआहरूलाई जाफनास्थित जेलमा थुनिएको थियो । हिरासत पूरा भएपछि, मछुवाहरूलाई फेरि अदालतमा पेश गरिएको र अदालतले उचित प्रक्रियापछि उनीहरूलाई रिहा गर्न आदेश दिएको छ । 

रिहा गरिएका मछुवाहरु केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको भारतीय मछुआ सङ्घले जनाएको छ ।-(रासस/एएनआई) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप