सन्दीप र करणको बलिङ वरीयतामा सुधार
बुधबार, २० असार २०८०, २२ : ११
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । एकदिवसीय टोलीको बलिङ वरीयतामा सन्दीपले सुधार गरेका हुन् ।
यसअघिको वरीयतामा २५ औं स्थानमा रहेका सन्दीप नयाँ वरीयतामा २४ औं स्थानमा उक्लिएका छन् । अर्का नेपाली बलर दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । यसअघिको वरीयताको तुलनामा उनी पाँच स्थान तल झरेका हुन् ।
नयाँ वरीयतामा सोमपाल कामी ७८औं स्थानमा छन् । यसअघि उनी ७६औं स्थानमा थिए । करण केसी ८७ औं स्थानमा छन् । उनी दुई स्थान माथि उक्लिएका हुन् ।