सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध रूपमा अमेरिकन डलरको कारोबार गर्ने एक व्यक्ति पक्राउ

बिहीबार, २१ असार २०८०, १२ : २६
बिहीबार, २१ असार २०८०

काठमाडौैँ । अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पूर्व सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुरको वहुवहालबाट एक जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने वर्ष ३४ का सनमोहन श्रेष्ठ रहेका छन् । श्रेष्ठको साथबाट १०० दरको अमेरिकन डलर १९८ थानको बरामद गरिएको छ ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुलचोक पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप