सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्कीद्वारा खाद्यान्न अभाव झेलेका दुई बालबालिकालाई १० हजार सहयोग

बिहीबार, २१ असार २०८०, १२ : ५४
बिहीबार, २१ असार २०८०

विराटनगर । बाबुआमाको अभावमा खाद्यान्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल– ५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १० हजार रुपियाँ सहयोग गरेका छन् । 

घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न दिदीलाई पुगेको आशयका समाचारहरू बाहिरिएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिकालाई सहयोग गरेका हुन् । 

पीडित बालबालिका बुबा कवि विक र आमा मनीषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन बितारइरहेका छन् । 

पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरूको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्यमन्त्री कार्कीले बताएका छन् ।  

358483012_290552833339261_8554499609276499696_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप