आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विजयको ‘चरी’ मा बिना र कमलको अभिनय

बिहीबार, २१ असार २०८०, १६ : १२
बिहीबार, २१ असार २०८०

काठमाडौँ । लोकप्रिय गायक एवं संगीतकार सिडी विजय अधिकारीको स्वर रहेको गीत ‘चरी’ सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द, सिडी विजयक संगीत छ ।

भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय छ  । प्रेमकथा देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईँको छायांकन, सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन छ ।

यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा समीक्षा अधिकारीको स्वर रहेको ‘म चन्द्रमा हुँ ’ गीत लोकप्रिय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप