सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरियाबाट फर्केका ४ जनाको साथबाट ७ हजार डलर पकेटमारी, ४ जना पक्राउ

मनि चेन्जरको सञ्चालिका पनि पक्राउ
बिहीबार, २१ असार २०८०, १७ : २५
बिहीबार, २१ असार २०८०

काठमाडौँ । दक्षिण कोरियाबाट फर्केका चार जनाको साथबाट पकेटमारले ललितपुरको ग्वार्कोमा ७ हजार डलर फकेट मारेका छन् । असार १९ मा मिनि बसमा कोटेश्वरबाट ग्वार्को स्थित ईपिएस शाखामा जाँदै गरेका विष्णु अधिकारीसहित चारजना पकेटमारको निशानामा परेका हुन् । पकेट मारेको डलरको नेपाली रुपैयाँ ९ लाख २३ हजार हुन्छ । पकेटमारमा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा घर भएका ३३ वर्षीय आइतमान तामाङ र सिन्धुपाल्चोक घर भएकी २१ वर्षीया सविना तामाङ छिन् ।

पकेट मारेको पैसा सटही गर्ने पाटनको सुन्धारास्थित ‘महाबौद्ध मनि चेन्जर’की सञ्चालिका ५८ वर्षीया मंगललक्ष्मी श्रेष्ठलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । पाकेट मारेको २ हजार ८ सय डलर प्रहरीले महाबौद्ध मनि चेन्जरबाट बरामद गरेको छ । दक्षिण कोरियाबाट फर्केका ४ जना नयाँ बसपार्कबाट कलंकी हुँदै ग्वार्को स्थित इपिएस कार्यालयमा कागजात बुझाउन जाँदै थिए । तर, ओलर्ने ठाउँ भुलेपछि उनिहरु कोटेश्वर पुगेर पुनः अर्को बसमा ग्वार्कोतर्फ फर्किंदै थिए ।

बालकुमारीस्थित खरिबोटबाट मिनिबस चढेका पाकेटमारले केही मिनेटमै उनीहरुले विदेशमा कमाएर ल्याएको रकम पकेट मारे । पीडितहरुले तत्काल प्रहरीलाई खबर गरे । ‘हामिलाई खबर आएको दुई घण्टामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रेग्मी भन्छन्–‘पाकेटमारको साथमा २ लाख नेपाली नगद भेटिएको छ ।’ पाकेटमारमा संलग्न थप दुईजना फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप