सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

एलओडीका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ

बिहीबार, २१ असार २०८०, १९ : २१
बिहीबार, २१ असार २०८०

काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक सुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धी विक्रम शाहले बताए ।

यसअघि बिहीबार नै जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुर आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ । कोइरालालाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप