सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोरीमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ

बिहीबार, २१ असार २०८०, २० : ०९
बिहीबार, २१ असार २०८०

बुटवल । रुपन्देहीको भैरहवामा चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा हतियारसहित भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ वर्षीय गीता तिवारी रहेकी छन् । 

सिद्धार्थनगर नगरपालिका–२ बाटिकामा घर भाडामा लिएर उनले चोरी, डकैती र लुटपाट गर्दै आएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। उनी भारतमा पनि आपराधिक गतिविधिमा संलग्न भएर जमानत छुटेर रुपन्देहीमा चोरी गर्न लागेको 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरतबहादुर विकले बताए । उनका अनुसार गिरोहमा संलग्न अन्य चार जनाको खोजी भइरहेको छ ।

प्रहरीले तिवारी बसेको घरबाट कटुवा पेस्तोल, १३ राउण्ड गोली, खुकुरी, चक्कु, छिनो, ५ थान मोबाइल, एक/एक वटा मोटरसाइकल र स्कुटर, नेपाल बैंकको चेकलगायत नेपाली र भारतीय रुपैयाँ बरामद गरेको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप