सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

शुक्रबार, २२ असार २०८०, १४ : ३४
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका-१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे  रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागुऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र  तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खानलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका-७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागुऔषध खैरो हिरोइन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय रोहित बुढा थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगपालिका-३ ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका-७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका-१ स्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

उदयपुरकाे त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप