सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लापसे चेकिङमा नागढुङ्गाबाट ६ जना चालक पक्राउ

शुक्रबार, २२ असार २०८०, २० : ०९
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका  ६ जना चालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्ण बहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षीय डमबल सार्की, बागमती प्रदेश०२-०२५ च ९० ५५ नम्बरको पिक अप चालक धादिङको गजुरी गाउँपालिका ५ का २५ वर्षीय संजय राई रहेका छन् । 

यसैगरी बागमती प्रदेश ०३-००१ च १५ ४९ नम्बरको पिक अप चालक चितवनको भरतपुर महानगरपालिका ११ का २८ वर्षीय गोविन्द कुमाल, बागमती प्रदेश ०३ -००१ च ११ ३६ नम्बरको पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ३ का २९ वर्षीय रमेश खत्री र बा २० च ७१ २८ नम्बरको कार चालक काठमाडौँको बालुवाटारका ३० वर्षीय सम्राट प्रसाईँ पनि पक्राउ परेका छन् । 

नियन्त्रणमा लिएका ‍ ६ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ६ जनाले लागूपदार्थ सेवन  गरी  सवारी साधन चलाएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप