आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो

शनिबार, २३ असार २०८०, ०७ : १७
शनिबार, २३ असार २०८०

मुम्बई । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्‍यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।

भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो ।

दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’  सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन् । –बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप