सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच छुट दिने समझदारी
शनिबार, २३ असार २०८०, १० : २९
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँको स्युच्टारस्थित युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।