आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको डिसी महानगर क्षेत्रमा दसैं तिहार उत्सव हुने

शनिबार, २३ असार २०८०, २२ : ५९
शनिबार, २३ असार २०८०

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ ।  उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।  

विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ ।  ‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

dasain-festival-usa (3)

उत्सव अक्टोबर १४ ,२०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला घासे मैदानमा आयोजना हुने जनाइएको छ। ३ ई इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको यो परिवारमैत्री कार्यक्रम, जसले विगत दुई दशकदेखि वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायका लागि व्यावसायिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

दुई दशकको अनुभव र स्रोतहरूका साथ कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने योजनामा रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।उत्सवमा विभिन्न गतिविधिहरूका साथै दिनभर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ । सहभागीहरूले रंगीन चङ्गा उत्सव ,कला प्रदर्शनी, स्वादिष्ट खाना र पेय पदार्थ, प्रदर्शनमा राखिएका विक्रेताहरूसंगको किनमेल, प्रत्यक्ष संगीत प्रदर्शनहरू लगायतका थुप्रै कार्यक्रमहरु हुनेछन ।

सो कार्यक्रममा आयोजक पक्षले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ । थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest2023.com  मा जान सकिने विज्ञप्तिमा जनाइएको छ ।

dasain-festival-usa (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप