आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक रोविन तामाङको आज अन्त्येष्टि गरिने

आइतबार, २४ असार २०८०, ०७ : ०७
आइतबार, २४ असार २०८०

काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । 

गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप