आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडक दुर्घटना बढेपछि ओलीले भने -'सूक्ष्म अध्ययन जरुरी देखियो'

आइतबार, २४ असार २०८०, १० : ०३
आइतबार, २४ असार २०८०

काठमाडौँ। दैनिक रूपमा भएका सडक दुर्घटना बढेको प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् । 

दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दै ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने जनाएका छन् । 

‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप