मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आइतबार, २४ असार २०८०, ११ : २६
आइतबार, २४ असार २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रवारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

आज तोलामा ७०० रुपैयाँले सुनको मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम थियो । शुक्रवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेर कारोबारमा आएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप