सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रापोनीले सिजनको अन्त्यमा सन्न्यास लिने

आइतबार, २४ असार २०८०, ११ : ३१
आइतबार, २४ असार २०८०

न्युयोर्क । आफ्नो युगको सबैभन्दा सफल खेलाडीमध्ये एक अमेरिकी महिला फुटबल टोलीकी फरवार्ड मेगन रापिनोले यो सिजनको अन्त्यमा सन्न्यास लिने घोषणा गरेकी छन् । सन् २०१९ को बलोन डि’ओर विजो खेलाडीले अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने आफ्नो चौथो महिला विश्वकपमा भाग लिन जानअघि यो घोषणा गरेकी हुन् ।

३८ वर्षीया खेलाडीले भनिन्, ‘म मेरै तरिकाले यो गर्न चाहन्थेँ । म यहाँ हुन पाउँदा निकै आभारी छु । मलाई यो टोलीमाथि पूर्ण विश्वास छ । मेरो शरीर पनि यति लामो समय टिक्यो ।’

दुईपटकको विश्वकप विजेता रहिसकेकी रापिनो हाल एनडब्लूएलएलमा ओल रेनसँग आबद्ध छिन् । क्लबको सिजन अक्टोबरमा सकिनेछ भने प्लेअफ फाइनलमा ११ नोभेम्बरमा आयोजना हुनेछ । 

‘म शान्ति, आभार र उत्साहका साथ तपाईँहरूमाझ यो साझा गर्न चाहन्छु कि यो मेरो अन्तिम सिजन हुनेछ, मेरो अन्तिम विश्वकप र अन्तिम एनडब्लूएसएल सिजन । यो सुन्दर खेलले मलाई यहाँसम्म ल्याउँछ भन्ने मैले सोचेको पनि थिइनँ ।’

सन् २०१९ मा रापिनो बेस्ट फिफा वुमन प्लेयर घोषित भएकी थिइन् । त्यसपछि विश्वकपमा गोल्डन बुट र गोल्डन बल जित्दै उनले बालोन डि’ओर पनि हात पारेकी थिइन् । सन् २००६ मा रिपब्लिक अफ आयरल्याण्डसँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेकी उनले अमेरिका लागि १९९ खेल खेल्दै ६३ गोल गरेकी छन् । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक पनि हात पारेकी छन् । अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने विश्वकप जिते उनले लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्न सफल हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप