आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डा. भोला रिजालको ‘सेतो कोट’ सार्वजनिक

आइतबार, २४ असार २०८०, १२ : ००
आइतबार, २४ असार २०८०

काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक भएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अभिनेता निखिल उप्रेती, डा. रिजाल लगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री बस्नेतले डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ डाक्टर अध्ययन गर्न खोज्नेका लागि उपयोगी हुने बताए ।

कार्यक्रममा डा. रिजालले लामो समय चिकित्सकको रूपमा आफूले हासिल गरेको अनुभव उपयोगी तरिकाले पुस्तकमा समेटेको बताए । 

‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको समेत विवेचना गरिएको छ । कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे समेत पुस्तकमा चर्चा छ ।

पुस्तकमा मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।

पुस्तकमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामी प्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायरा समेत समेटिएको छ ।

इटर्नल पब्लिकेसनले प्रकाश गरेको यो पुस्तक बिक्रीबाट प्राप्त रकमको केही हिस्सा समाजसेवामा समेत लगाइने कार्यक्रममा जानकारी दिइयो ।

डा. रिलिज वरिष्ठ गीतकार तथा फिल्मकर्मी हुन् । उनले केही फिल्म निर्माण र अभिनय समेत गरेका छन् । उनका थुप्रै गीत हिट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप