आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सृष्टिले दुबईमा जितिन् ‘मिस स्टार युनिभर्स’को ताज

आइतबार, २४ असार २०८०, १३ : ३३
आइतबार, २४ असार २०८०

काठमाडौँ । दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

२२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को उपाधि समेत हात परेकी छन् । ‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको महर्जनले बताइन् ।

‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नभर्स पनि थिए । अन्ततः सफलता प्राप्त भयो ।’ 

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एन्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।

कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिसेस ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।

कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो विधामा अवार्ड हात पारे ।

होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाइदिएका थिए ।

प्रतियोगिताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९),  सुधा एक (वनर सुधा भेन्चर्स),  इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।

विजेतापछि नेपाल फर्किएका सबैलाई ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले शनिबार नेपालमा स्वागत गर्दै बधाई तथा थप सफलताका लागि शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप