आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढी कविता महोत्सव सम्पन्न

सोमबार, २५ असार २०८०, १० : १४
सोमबार, २५ असार २०८०

धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र सिर्जनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव शनिबार सम्पन्न भएको छ ।
उद्घाटन सत्रको अवसरमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्रष्टा र प्राज्ञिक व्यक्तिहरूको अपेक्षा र सुझावअनुरूप प्रदेश सरकार र मन्त्रालयले काम गर्ने बताए ।
साथै, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय बाबा बस्नेत तथा डा कौशिला रिसाल प्रतिष्ठानले मोफसल र केन्द्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने धारणा राखे । 

कार्यक्रममा समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कवि खेम बतासले कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखक जगदीश ओझाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिएभने सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सहप्राध्यापक हरिकृष्ण कडायतले समीक्षा गरेका थिए ।

पुस्तान्तर कविता सेसनअन्तर्गत नेपाली, डोटेली र थारू भाषाका तीन पुस्ताका बाह्र कविहरूका कविता प्रस्तुत गरेका थिए ।
सिर्जनशील मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिकको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक संघसंस्थाका प्राज्ञिक प्रतिनिधि र सर्जकलगायत करिब दुई सय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप