सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किष्ट शिक्षण अस्पतालमा १ लाख सम्मको छुट

सोमबार, २५ असार २०८०, ११ : ३०
सोमबार, २५ असार २०८०

ललितपुर । किष्ट शिक्षण अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर रोगी बिरामीहरुका लागि उपचार मा रु. १ लाख सम्मको सहुलियत छुट प्रदान गर्ने भएको छ ।

 यस सहुलियत कार्यक्रमको सुविधा लिनका लागि  डाक्टरको सिफारिस पत्र, आफ्नो स्थानीय निकायबाट माइन्युट सहितको सक्कल बिपन्न प्रमाणित सिफारिस र नागरिकता प्रमाण पत्र अस्पतालको ‘बिपन्न  नागरिक तथा समाज कल्याण’ शाखामा बुझाउनु पर्नेछ ।

 किष्ट शिक्षण अस्पतालले विगतका बर्षदेखिनै  हेड एण्ड स्पाइनल इन्जुरी तथा क्यान्सर जस्ता गम्भीर बिरामीहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ । 

अस्पतालले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी’ विपन्न नागरिकको हकमा औषधि उपचारवापत सहुलियत प्रदान गर्न नेपाल सरकारसँग सम्झौता गरेको छ । सोअनुसार अस्पतालमा नेपाल सरकार बिपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत कडा रोग मध्येका हेड इन्जुरी, स्पाइनल  इन्जुरी तथा क्यान्सर रोग उपचार सम्बन्धि सेवा सुचारु भइसकेको छ । 

अस्पतालमा बिपन्न नागरिकलाई प्राथमिकताक्रमअनुसार उपचारको व्यवस्था समेत मिलाइएको छ भने बिपन्न नागरिकलाई  उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि छुट्टै सम्पर्क केन्द्रको समेत स्थापना  गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप