आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

११ महिनामा विप्रेषण आप्रवाह २२‍.७ प्रतिशतले वृद्धि

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ५९ हजार
सोमबार, २५ असार २०८०, १२ : १३
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.१११२ अर्ब ५२ करोड पुगेको बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको समीक्षासहितको रिपोर्टमा उल्लेख गरेको छ । 

सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप