आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी अधिकारीलाई मार्न आदेश दिने हजुरआमा पक्राउ

सोमबार, २५ असार २०८०, १७ : ०७
सोमबार, २५ असार २०८०

क्रास्नोडारको आपराधिक अन्डरवर्ल्डसँग सम्बन्ध राख्ने ८१ वर्षीय रुसी महिलालाई क्रिमिनल इन्भेस्टिगेसन डिटेक्टिभको हत्याको आदेश दिएको आरोपमा पक्राउ गरिएको छ । 

ल्युडमिला र्‌याबिक तपाईंले देख्ने गरेको साधारण हजुरआमा होइनन् । उनको क्रास्नोडारको सङ्गठित अपराधका सदस्यसँग बलियो सम्बन्ध मात्रै छैन उनले एक प्यारामेडिक्सलाई मार्ने धम्कीसमेत दिएकी थिइन् । उनले हालै क्रास्नोडार प्रहरी विभागका एक अधिकारीलाई मार्ने आदेश दिएकी थिइन् । हत्याको प्रमाण देखाएपश्चात् पुरस्कारको अंश तिर्न लाग्दा उनलाई रंगेहात पक्राउ गरिएको हो । तर दुर्भाग्य नै भन्नुपर्छ, र्‌याबिकलाई उनको आपराधिक सङ्गठनले यो कुराबारे प्रहरीलाई जानकारी दिएको थाहा थिएन । अब उनले आफ्नो बाँकी जीवन जेलभित्र बिताउनुपर्ने सम्भावना बढेको छ ।

रसियाली समाचारपत्र कोम्सोलोल्सकाया प्राभ्दाका अनुसार ल्युडमिला र्‌याबिकले पूर्व कैदीको सर्कलबाट धेरै परिचितलाई फोन नम्बरमार्फत सम्पर्क गरिन् । उनले क्रास्नोडारका आपराधिक अनुसन्धान जासुसको हत्या गरेबापत ११,००० डलर दिने प्रस्ताव राखिन् । उनको मृत्युको चाहना राख्नुको कारण खुल्न नसके पनि ती अधिकारीको कामले ८१ वर्षीय हजुरआमालाई कुनै न कुनै रूपले समस्या दिएको हुनसक्ने अनुमान गरिएको छ ।

ती हजुरआमाले ती अधिकारीको हत्याका लागि उनी बस्ने स्थान र उनको घरसम्मको नक्सा बनाइदिएको र उनको हत्याको उपयुक्त स्थानबारे जानकारी दिएकी थिइन् । उनले आफ्नो हत्यारा साथीहरूलाई कहिल्यै शङ्का गरिनन् तर ती साथीहरूले उनलाई धोका दिएर उनको योजनाबारे प्रहरीलाई जानकारी दिए । ल्युडमिला र्‌याबिकको मनसायको बारेमा थाहा पाउने बित्तिकै, पुलिस अधिकारीहरूले उनको विरुद्ध बलियो मुद्दा बनाउनको लागि, सबै योजना अनुसार चलिरहेको छ भनेर सोच्न दिने निर्णय गरे।

टार्गेट गरिएका अधिकारीले पनि मरेको नाटक गर्न राजी भए । उनले मेकअपमार्फत घाँटीको वरिपरि काटिएको निशान जस्तो देखिने गरी रगत बनाए । त्यसपछि उनको फोटो प्रमाण स्वरूप ल्युडमिला र्‌याबिकलाई पठाइयो । 

त्यसको भोलिपल्ट ल्युडमिलाले हत्यारालाई २५,००० रुबेल दिइन् । त्यसको केही समयपछि उनलाई रंगेहात पक्राउ गरियो । उनको घरमा अनुसन्धान गर्दा अधिकारीले बन्दुक, गोला बारुद, चक्कुलगायतका हतियार फेला पारे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप