सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

सोमबार, २५ असार २०८०, १८ : ४८
सोमबार, २५ असार २०८०

काठमाडौँ । माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीय सुष्मा तामाङ रहेकी छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान  कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ  लिई सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप