सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतले २६ वटा राफेल विमान खरिद गर्दै

सोमबार, २५ असार २०८०, २१ : ३०
सोमबार, २५ असार २०८०

नयाँदिल्ली । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन  पनडुब्बी खरिद गर्ने भएको छ । 

रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ ।  देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो । 

विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोडभन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप