सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

मङ्गलबार, २६ असार २०८०, १० : ४३
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप