आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनाहकमा पिटिए साइकल यात्री

मङ्गलबार, २६ असार २०८०, १२ : ००
मङ्गलबार, २६ असार २०८०

विराटनगर । विराटनगर–४ स्थित दूध फारम अगाडि एक साइकल यात्रुलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेको छ । 

साइकल यात्रु विराटनगर–६ बस्ने पवन शाहलाई विराटनगर–४ ढाटका १९ वर्षीय आयुष भेटवालले मुक्का हानेको प्रहरीको दाबी छ । मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्याईएको थियो । 

गते असार १९ गते रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु शाहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । शाह सडकमै ढलेपछि उनै भेटवालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए । 

उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए । उनका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप