आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

मालपोत कार्यालयका थप दुईजना पूर्व कर्मचारी पक्राउ

मङ्गलबार, २६ असार २०८०, १२ : २५
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल  र  नारायणदास मिश्र छन् ।

योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप