सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

मङ्गलबार, २६ असार २०८०, १४ : २७
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । काठमाडौँको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् । कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका  प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापा घुससहित पक्राउ परेका हुन् । 

 शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।  उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप