आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरुले ब्याजदरमा कार्टेलिङ गरिरहेका छन् : अर्थमन्त्री डा.महत

मङ्गलबार, २६ असार २०८०, १६ : १५
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुले कार्टेलिङ गरेर खुल्ला अर्थतन्त्र अवधारणाको उपहास गरेको बताएका छन् । 

मंगलबार राजधानीमा एशियन प्यासिफिक ग्लोबल युनियनले आयोजना गरेको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले बैकहरुले भद्र सहमतिको नाममा ब्याजदर निर्धारणमा मनोपोली गरेको बताएका हुन् ।

अर्थमन्त्री डा.महतले भने, 'बैक तथा वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्छ, ब्याजदर पनि आफूखुसी मिलेर निर्धारण गर्ने र लगानीमा पनि कार्टेलिङ गर्नु उचित होइन । यसो भयो भने खुल्ला अर्थतन्त्र, अर्थनीतिको उपहास हुन्छ ।' 

अर्थमन्त्री डा.महतले बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), कर्मचारी सबैको आ-आफ्नै संगठन भएपनि आफ्नो स्वार्थ मात्र हेरेको तर समस्या समाधान र परिणाम सुधारमा कोहिपनि नलागेको बताए ।

अर्थमन्त्री डा.महतले बैंकहरुले कर्जा लगानीलाई विविधीकरण गर्नुपर्ने बताउँदै यसमा राष्ट्र बैकले समेत हेर्नुपर्ने उनले बताए । हाल बैंकहरुले कर्जा लगानी धितोको आधारमा गर्ने गरेको भएपनि अब योजना ( प्रोजेक्ट बेस) हुनुपर्ने बताउँदै अर्थमन्त्रीले मौद्रिक नीतिबाट यस्तो व्यवस्था गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप