आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीमा स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु

मङ्गलबार, २६ असार २०८०, १६ : २३
मङ्गलबार, २६ असार २०८०

नयाँदिल्ली । विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ ।  दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ । 

यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् । उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो । दुर्घटनाको अनुसन्धान थालिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप