सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय रुपैयाँसहित एक पुरुष प्रहरीको नियन्त्रणमा

मङ्गलबार, २६ असार २०८०, १६ : ४२
मङ्गलबार, २६ असार २०८०

हेटौंडा । मकवानपुरको रातोमाटेबाट भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित रातोमाटेबाट ३ लाख ७५ हजार भारतीय रुपैयाँसहित एकजनाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बेतियाथाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ताले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादिर कार्कीले जानकारी दिए । उनका अनुसार रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रुवाहक बसमा सवार गुप्ताले लुकाई छिपाइ ल्याएको अवस्थामा सो रकम फेला परेको हो ।

गुप्ताले आफ्नो कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको अवस्थामा उक्त रकम फेला परेको प्रवक्ता कार्कीले बताए ।  सो रकम नेपाली ६ लाख रुपैयाँ हुन आउने प्रवक्ता कार्कीको भनाई छ । फेला परेको हुदाँ उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय  पथलैया बारा पठाइएको प्रवक्ता कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप