आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्टार्कटिकामा समुद्री बरफ रेकर्ड न्यून स्तरमा

मङ्गलबार, २६ असार २०८०, २० : ४७
मङ्गलबार, २६ असार २०८०

 जेनेभा । अन्टार्कटिकामा समुद्री बरफ रेकर्ड न्यून स्तरमा पुगेको छ । यो औसतभन्दा १७ प्रतिशत कम पुगेको हो । 

यस ठाउँको स्याटेलाइटबाट अनुगमन सुरु भएको बेलादेखि यो सबैभन्दा तल्लो तहमा छ । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले अन्टार्कटिकामा जुन महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना रेकर्ड भएको जनाएको छ।

जलवायु परिवर्तनको अनुगमन गर्ने विज्ञहरूले यसलाई चिन्ताको विषय भनेका छन् । विश्व जलवायु अनुसन्धान कार्यक्रमका प्रमुख माइकल स्प्यारोले जेनेभामा पत्रकारहरूलाई भने, ‘हामीले आर्कटिकमा समुद्री बरफमा कमी देखेका छौँ, तर अन्टार्कटिकामा थिएन । यो धेरै ठूलो मात्रामा भएको छ।’

डब्लूएमओका अनुसार मे र जुन महिनामा विश्वभरको समुन्द्री सतहको तापक्रम वर्षकै उच्च स्तरमा पुगेको थियो । संगठनले भनेको छ, ‘केवल समुद्रको सतहको तापक्रम बढ्दै गएको छैन, सम्पूर्ण रूपमा समुद्र नै न्यानो हुँदैछ ।  महासागरहरूले यति धेरै ऊर्जा भण्डारण गरिरहेका छन् कि यो आउने सयौँ वर्षसम्म रहनेछ । एट्लान्टिक महासागरको उत्तरी भागमा अभूतपूर्व बढ्दो समुद्री सतहको तापक्रमले खतराको घण्टी बजाएको छ।’

डब्लूएमओका अनुसार हालै देखा परेको एल निनोले जमिन र समुन्द्र दुवैको तापक्रम बढाउने सम्भावना छ, जसले भविष्यमा थप समुद्री तापको लहर र चरम गर्मीको लहरको जोखिम बढाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप