आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रमामा यान पठाउँदै भारत

मङ्गलबार, २६ असार २०८०, २१ : ००
मङ्गलबार, २६ असार २०८०

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमाको अध्ययनका लागि शुक्रबार प्रक्षेपण हुने चन्द्रयान–३ मिसन अघि सम्पूर्ण प्रक्रियाको पूर्व अभ्यास पूरा गरेको छ । इसरोले ट्विटरमा एक पोस्टमा यो जानकारी दिएको छ। पोस्टमा इसरोले लेखेको छ, ‘चन्द्रयान-३ मिशन: यसको प्रक्षेपणको लागि सम्पूर्ण तयारी र २४ घण्टा लामो 'लान्च रिहर्सल' प्रक्रिया पूरा भयो।’

इसरोले चन्द्रयान-३ लाई १४ जुलाई दिउँसो २:३५ बजे चन्द्रमामा पठाउने घोषणा गरेको थियो। इसरोको प्रारम्भिक दुई मिशन पछि यो तेस्रो प्रयास हो । यसलाई चन्द्रयान-२ को फलोअप मिशनको रूपमा हेरिएको छ। यस मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास गरिने छ । यो सफलता तीन देश रुस, अमेरिका र चीनले मात्र हासिल गरेका छन् । इसरोले आफ्नो पहिलो सूर्य मिशन आदित्य-एलवानको पनि घोषणा गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप