सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
‘गरिबको चमेली बोल्दिने कोही छ र ?’
फोटोफिचर

‘गरिबको चमेली बोल्दिने कोही छ र ?’

नगर प्रहरीको ज्यादतीविरुद्ध काठमाडौँ महानगर अगाडि प्रदर्शन
बुधबार, २७ असार २०८०

काठमाडौँ । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीहरूले गरेको ज्यादतीविरुद्ध काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरिएको छ । ‘गरिबको चमेली बोल्दिन कोही छ र ?’ भन्दै मेयर बालेन्द्र शाहलाई व्यङ्ग्य गर्दै प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरूलाई महानगरले अमानवीय व्यवहार गर्नुको साटो उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । मेयर शाह र उपमेयर सुनिता डंगोलजस्ता युवाहरूले मानवीय संवेदना देखाउनु पर्ने, धनी मात्र होइन गरिबका बारेमा पनि सोच्नुपर्ने प्रदर्शनमा सहभागीहरूले बताएका छन् । मेयर शाहलाई चुनावको बेलामा गरेको वाचा पनि उनीहरूले स्मरण गराएका थिए ।

हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया