आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परिवारसहित अमेरिका पुगे मेसी

बुधबार, २७ असार २०८०, १४ : ५६
बुधबार, २७ असार २०८०

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् । सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित अमेरिका पुगेका हुन् ।  उनको विमान स्थानीय समयअनुसार, मंगलबार अबेर मियामीमा अवतरण गरेको समाचारमा जनाइएको छ । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् । 

केही दिनभित्रै उनी र क्लबमा आबद्ध भएका अन्य नयाँ खेलाडीलाई इन्टर मियामीले औपचारिक रुपमा परिचय गराउने कार्यक्रम रहेको छ । खेलाडीलाई परिचय गराउने आगामी आइतबार इन्टर मियामीले विशेष कार्यक्रम आयोजना गर्ने बताइएको छ ।  मेसीले यसै महिना (सम्भवतः जुलाई २१ तारिखमा) इन्टर मियामीको तर्फबाट पहिलो खेल खेल्ने पनि समाचारमा जनाइएको छ । मेसीलाई पछ्याउँदै स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि इन्टर मियामीमा आबद्ध भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप