आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा अध्यक्षकै संलग्नतामा सामुदायिक वन फडानी

बुधबार, २७ असार २०८०, १५ : ०५
बुधबार, २७ असार २०८०

धनगढी । वर्षातको मौका छोपी कैलालीमा वन फडानी हुने गरेको पाइएको छ । वन फडानी गर्न सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नता रहेको पाइएको हो ।

जिल्लाको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ स्थित रातोपानी सामुदायिक वन फडानी भएको पाइएको छ । झण्डै एक सय जति सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर तस्करी हुने गरेको पाइएको हो । सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी भइरहेको स्थानीयले बताएका छन् ।

वन फडानीमा संलग्न दुई जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालयलाई बुझाएका छन् । पक्राउ पर्नेमा सामुदायिक बनका अध्यक्ष कैलाश विकका भाइ कर्ण बहादुर विक र स्थानीय टेकराज ओझा छन् । दुवै जनामाथि वन मुद्दा दायर गर्ने तयारी भएको इलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले बताए ।

सो क्षेत्रमा एक सय नब्बे क्यूफिट काठ बरामद भएको कडालले बताए । सो क्षेत्रमा ठूलो मात्रामा सालको रुख कटानी भएको कडालले स्विकारे । करिब ९० देखि १०० वटासम्म सालका रुख काटिएको उनले जानकारी दिए । तस्करहरूले वनभित्रै चिरान गरेर मिलहरुमा काठ बेच्ने गरेको पाइएको छ । 

जिल्लाको अन्य सामुदायिक वनमा पनि वर्षातको मौका छोपी अवैध रुख कटानसँगै वन्यजन्तुको चोरी सिकार हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप