सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

बुधबार, २७ असार २०८०, २२ : २०
बुधबार, २७ असार २०८०

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् ।

प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनानन लागेको हो ।

शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप