सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अश्विन र जडेजासामु वेस्ट इन्डिज निरीह

बिहीबार, २८ असार २०८०, ०९ : ५८
बिहीबार, २८ असार २०८०

रोसेउ । रवीचन्द्रन अश्विन र रवीन्द्र जडेजाको घातक बलिङसामु वेस्ट इन्डिजका ब्याट्सम्यानहरू निरीह बनेका छन् । भारतविरुद्धको पहिलो टेस्टको पहिलो पालीमा वेस्ट इन्डिज टस जितेर पहिले ब्याटिङ गर्दै मात्र १५० रनमा सीमित बनेको हो ।

वेस्ट इन्डिजको पालीलाई ध्वस्त बनाउन अश्विनले ५ तथा जडेजाले ३ विकेट लिए । वेस्ट इन्डिजका लागि एलिक अथान्जेले सर्वाधिक ४७ रनको योगदान दिए । कप्तान क्रेग ब्राथवेटले २० तथा रखिम कर्नवेलले १९ रन बनाए । 

जवाफी ब्याटिङमा उत्रेको भारतले बिना कुनै विकेटको क्षतिमा ८० रन बनाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा कप्तान रोहित शर्मा ३० रन तथा यशश्वी जैसवाल ४० रन बनाएर खेलिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप