सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

इमर्जिङ एसिया कप सुरु : नेपाली अम्पायरले खेलाउँदै पहिलो खेल

बिहीबार, २८ असार २०८०, ११ : ४८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् ।

यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् ।  उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । 

इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै खेल अहिले जारी छ । बंगलादेशविरुद्धकाे खेलमा श्रीलंकाले ब्याटिङ गर्दैछ । ओमानविरुद्धकाे खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दैछ ।

प्रतियोगितामा नेपाली टोली समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली र पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्सको ‘ए’ टोली रहेका छन् । नेपालले पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप