मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गोर्खा ब्रुअरीले ल्यायो बजारमा  ‘टुबोर्ग क्लासिक’

मङ्गलबार, २० असार २०७४, १९ : ३५
मङ्गलबार, २० असार २०७४

काठमाडौं – गोर्खा ब्रुअरीले  टुबोर्ग नयाँ स्वादमा ‘टुबोर्ग क्लासिक’  बजारमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक प्रिमियम ‘क्लसिक स्ट्रोङ बियर लञ्च गरेको जनाएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच टुर्वोग ‘क्लासिक स्ट्रोङ  बियर वीथ  प्रिमियम स्कच माल्ट्स’ सार्वजनिक गरेको हो ।

उक्त नयाँ बियरको मूल्य ३ सय १० रुपैयाँको रहेको छ । ६सय ५० एमएल बियरमा ६ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको कम्पनीले जनाएको छ । नयाँ सार्वजनिक गरिएको बियरले नेपालीहरुको मन जित्न सफल हुने मार्केटिङ डाइरेक्टर बैभव शर्माले बताए । उनले भने ‘उच्च स्वादको क्लासिक स्ट्रोङ बियर मुख्यतया कञ्जुमरको परिवर्तित स्वादलाई महत्व दिइएको हो ।’ टुबोर्ग न्यु जेनेरेसनलाई अफर गर्दै उत्कृष्ट सन्तुष्टी दिने कम्पनीको दावी रहेको उनले बताए ।  


१९९० मा पहिलो पटक अन्तराष्ट्रिय  ब्राण्ड टुबोर्ग  नेपालमा गोर्खा ब्रुअरी प्रालिले  ल्याएको थियो ।  तत्कालिन समयदेखि नेपालमा बियर मार्केटमा एक छत्र राज गर्न सफल गोर्खा ब्रुअरी  विश्वव्यापी रुपमा भने १८८० देखि उपभोक्ताहरुले टुबोर्गको स्वाद लिइरहेको छ । टुबोर्ग विभिन्न भेराइटि शैली र अल्कोहलको मात्रामा उपलब्ध छ । यसको आकर्षक पुल अप क्याप बोतल लगायत क्यानमा समेत उपलब्ध छ । २०१४ मा टुबोर्ग पुलअप क्यापको अपार सफलता मिलेको कम्पनीको दावी छ ।

परिबर्तित समयको माग र कन्जुमरको सन्तुष्टिलाई उच्च महत्व दिदै आएको कम्पनीले जनाएको छ । पछिल्लो समय बजारमा ल्याएको नायाँ क्लासिक स्ट्रोङ बियरले राम्रो मार्केट दिने कम्पनीको विस्वास रहेको जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप