आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउन ६ देखि मणिपाल अस्पतालमा डाक्टर, नर्स र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप

बिहीबार, २८ असार २०८०, १५ : ०६
बिहीबार, २८ असार २०८०

 आगामी  साउन ६ गतेदेखि पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले  करिब आठ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई तीन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ ।

चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउन कलेजपरिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । कलेजका निर्देशक डा अभिषेक मास्केले यसबाट उनीहरूमा नयाँ ऊर्जा प्राप्त भई काम र पठनपाठनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उनका अनुसार विगतमा बर्सेनि यस्ता कार्यक्रम हुँदै आए पनि कोराना भाइरसको संक्रमणका कारण सन् २०१९ देखि रोकिएको थियो । त्यसपछि भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको उनको भनाइ छ । यस्तो कार्यक्रमबाट पठनपाठन र अस्पतालबाट प्रवाह हुने सेवामा भने कुनै असर नपर्ने  निर्देशक डा मास्केको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप