सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट सुनजस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ

बिहीबार, २८ असार २०८०, १७ : ३६
बिहीबार, २८ असार २०८०

मकवानपुर । मकवानपुरबाट बिहीबार सुन जस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ परेका छन् ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु करिब ४ सय ९० ग्रामसहित पर्सा वीरगंज महानगरपालिका(१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।

 विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।   

पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप