सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट सुनसहित एक जना पक्राउ

बिहीबार, २८ असार २०८०, १८ : ५८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । हेटौंडाको रातोमाटबाट अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ४७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय प्रभु सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाको आधारमा हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टमा बिहीबार बिहान करिब ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको सुमो चेक गर्दा उक्त परिणाममा अवैध सुनसहित सोनारलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ४८९ ग्राम ३७ मिलि ग्राम सुन बरामद गरेको प्रवक्ता कार्कीले बताए । हालको बजार भाउ अनुसार उक्त सुनको मूल्य ४७ लाख ३६ हजार ७५९ रहेको छ ।

पक्राउ परेका सोनारलाई सुनसहित थप अनुसन्धान र कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय बाराको पथलैया पठाएको प्रवक्ता कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप