आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘बीआरआईका माध्यमबाट नेपाल–चीन सम्बन्ध नयाँ चरणमा प्रवेश’
‘सिल्क रोडस्टर’ फोरम

‘बीआरआईका माध्यमबाट नेपाल–चीन सम्बन्ध नयाँ चरणमा प्रवेश’

बिहीबार, २८ असार २०८०

काठमाडौँ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रम आयोजना गरिएको छ । 

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका ८ राजनीतिक दलहरुलाई सहयोग गर्न भनेर सोलार बत्ती प्रदान गरेको छ । सोही अवसरमा आँखा जाँच शिविरका साथै खाद्यान्न वितरण कार्यक्रमको समेत आयोजना गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै चिनियाँ अन्तर्राष्ट्रिय विभागका काउन्सिलर तु सओलिनले बीआरआईका माध्यमबाट नेपाल–चीन सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र नेपालका राजनीतिक दलहरूसँगको सम्बन्ध, सहयोग, सद्भाव र सहकार्यलाई निरन्तर बढाउन चाहेको जिकिर गरे । सिल्क रोड प्राचीन मात्र नभई नयाँ पनि भएको बताउँदै उनले चीनको विकास र उपलब्धिलाई नेपाली जनतासँग पनि बाँड्न आफूहरूले चाहेको र सँगसँगै अघि बढ्न प्रयास रत रहेको बताए । चीन र पूर्वी र दक्षिण एसियाली राष्ट्रबीच समन्वयका लागि चिनियाँ कम्युनिस्ट पार्टीले ‘सिल्क रोडस्टर’ फोरमको  स्थापना गरेको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए। उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाए।

सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताए। महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको गुरुङको भनाई छ। उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढङ्गले चल्ने खालका प्रवृत्तिहरू बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताए।

परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुर रहेको बताए। नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताए। उनले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरू एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताए। कार्यक्रममा चिनियाँ राजनीतिज्ञसहित विभिन्न राजनीतिक दलका नेता उपस्थित थिए।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया