सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको २० लाख रुपैयाँसहित युवक पक्राउ

बिहीबार, २८ असार २०८०, २१ : ३९
बिहीबार, २८ असार २०८०

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए । मोटरसाइकल पछाडि बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप