सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा मृत्यु भएका ३२ जनाको सनाखत

आइतबार, ०४ चैत २०७४, १२ : ३१
आइतबार, ०४ चैत २०७४

काठमाडौं–गत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको यूएस —बांग्ला एयरलाइन्स विमान दुर्घटनाका ४९ मृतकमध्ये ३२ जनाको सनाखत भएको छ । 

सनाखत तथा शव बुझाउने कार्यमा संलग्न सहायक प्रहरी नायव उपरीक्षक बिशाल भण्डारीले ३२ जनाको शब शनाखत भएको जानकारी दिए । उनले शनिबारदेखि आफन्तलाई शव जिम्मा लगाउने काम समेत सुरु भएको जानकारी दिए । 

भण्डारीका अनुसार अहिलेसम्म १७ जना बंगलादेश, १४ जना नेपाली र १ जना चिनियाँ नागरिकको शबको पहिचान भएको छ ।  जसमध्ये १५ जनाको शब आफन्तलाई जिम्मा लगाइएको हो ।  १ चिनियाँ र  १४ जना नेपाली नागरिकको  शव आफन्तलाई जिम्मा लगाइएको भण्डारीको भनाई छ । 

बंगलादेशी  नागरिकको शव भने सबै पहिचान पछि सबै बंगलादेशी  दूताबासलाई जिम्मा लगाइने बताइएको छ । 

 यूएस —बांग्ला एयरलाइन्सको सो विमानमा ४ जना चालकदल सहित ७१ जना सवार थिए । दुर्घटनामा परी ४९ जनाको मुत्यू भएको थियो । घाइते २२ जनाको अहिले काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप