आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, २९ असार २०८०, १० : ३४
शुक्रबार, २९ असार २०८०

सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–५ का २६ वर्षीय रामबहादुर बुढाथोकी रहेका छन् । उनी सो ट्याक्टरका चालक हुन् ।  

रा १ त ३८८७ नम्बरको ट्याक्टर गएराति बाल्ले खोलादेखि बाल्ले भन्ने ठाउँमा जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

ट्याक्टर स्थानीय स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा लिएर फर्किँदै गरेको थियो ।  सडकदेखि करिब १० मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप