पवनले लिए पाकिस्तानको पहिलो विकेट
शुक्रबार, २९ असार २०८०, १४ : ११
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको पहिलो विकेट लिएको छ । पाकिस्तानको पहिलो विकेट नेपाली बलर पवर्न सर्राफले लिएका हुन् ।
उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान हसिबुल्लाहलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुल्सन झाद्वारा क्याच गराएका हुन् । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ३७ रन बनाएर खेल्दैछ ।